गैंडाकोटमा अवरुद्ध पुर्व पश्चिम राजमार्ग अझै सन्चालनमा आएन

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १२ गते ९:२९
गैंडाकोटमा अवरुद्ध पुर्व पश्चिम राजमार्ग अझै सन्चालनमा आएन
1630032252432

कावासोती । अविरल परेको वर्षा पछि आएको बाढीले गैंडाकोट-१० को २३ स्मृति पुल नजिक डाईभर्सन बगाउँदा बिहिबार राती देखि अवरुद्ध बुटवल नारायणघाट सडक खण्ड अझै सन्चालनमा आउन सकेको छैन ।

बाटो अवरुद्ध भएको ३०/३१ घण्टा लगाएर बनाएको डाईभर्सनबाट सवारी साधन सहज रुपमा आवतजावत गर्न नसक्दा बाटो सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताए । डाईभर्सन मर्मत गरे पनि लगातार भएको वर्षाको कारणले डाईभर्सनमा नै गाडीहरु फसे पछि यातायात सुचारु गर्न नसकिएको सिंहले बताए ।

बिहिबार राती ९ बजे देखि सडक अवरुद्ध भएपछि जंगलमा यातायात रोकिदा यात्रुहरुले सास्ती पाएका छ्न ।

त्यस्तै पुर्व पश्चिम राजमार्गको दाउन्नेमा पहिरो खसेर अवरुद्ध सडक भने एकतर्फी सन्चालनमा आएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : २०७८ भदौ १२ गते ९:२९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI