गैंडाकोटबाट बेपत्ता भएकी १४ बर्षीया बालिका भेटिईन्

NAWALPUR TIMES

गैंडाकोटबाट बेपत्ता भएकी १४ बर्षीया बालिका भेटिईन्
152345113 2192380347578121 7762334175893060801 o

प्रकाश भण्डारी, गैंडाकोट

गैंडाकोटबाट शुक्रबारदेखी बेपत्ता भएकी गैँडाकोट ८ करङघारी उज्जवल टोलकी १४ वर्षिया पवी परियार (रश्मी) फेला परेकी छन् ।
तनुहुँको दमौलीमा उनलाई फेला पारिएकोआमा शान्ती परियारले जानकारी दिनुभयो ।

शुक्रबार बिहान १० बजेको समयमा विद्यालय जाने भनी घरबाट निस्किएकी उनी बिद्यालय नगई बेपत्ता भएकी थिईन् ।

विजय सामुदायिक शिक्षा सदन गैँडाकोटमा कक्षा ५ मा अध्ययनरत रश्मी बेपत्ता भएपछि आमा शान्ती परियारले छोरीको खोजी कार्य गरिदिन  आग्रह गर्नुभएको थियो।

छोरीको खोजीकार्यमा सहयोग गरिदिनुहुने प्रहरी लगायत सबैलाई धन्यवाद ज्ञापन दिन चाहन्छु शान्ताले भनिन्।
ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले वेपत्ता बालिका तनहुँमा फेला परेको र केही अनुसन्धान बाँकी रहेकोले आवश्यक प्रकृया पूरा गरि परिवारको जिम्मा लगाईने जानकारी गराउनुभयो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology