गैंडाकोटका ५४ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु

NAWALPUR TIMES

गैंडाकोटका ५४ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु
1602646492197

कावासोती । नवलपुरमा थप  एक कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षिय पुरुषको मृत्यु भएको हो ।

स्वासप्रश्वासको समस्या भएर कार्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँलाई कार्तिक ४ गते कोरोना पुष्टि भएको थियो । उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत विरामी हुनुहुन्थ्यो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology