गैंडाकोटका शिक्षण संस्था अनिश्चितकालका लागि बन्द

NAWALPUR TIMES

गैंडाकोटका शिक्षण संस्था अनिश्चितकालका लागि बन्द
1604232729417

कावासोती  ।   गैंडाकोट नगरपालिकाका शिक्षण संस्था अनिश्चितकालका लागि बन्द हुने भएका छ्न । आइतबार सूचना जारी गर्दै नगरपालिकाले नगरभित्रका सबै शिक्षण संस्थाहरुमा पठनपाठन  बन्द गर्न निर्देशन दिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै शिक्षण संस्थाहरुमा प्रत्यक्ष रुपमा विद्यार्थी सम्पर्क हुनेगरी मुखामुख विधिबाट पठनपाठन हुने कार्यमा रोक लगाउने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायमा तिब्र रुपमा फैलिइरहेकोले यसको नियन्त्रण तथा रोकथामका लागि शिक्षण संस्थाहरु संचालनमा रोक लगाउने निर्णय भएको नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाले जनाएको छ । शाखा अधिकृत मोतिप्रसाद रिजालद्धारा जारी सूचनामा विद्यार्थी सिकाई सहजिकरण निर्देशिका बमोजिम मात्रै गर्न अनुरोध गरिएको छ ।

सूचनामा सबै शिक्षण संस्थाहरुमा फेस टु फेस पठनपाठनको कार्य गर्न रोक लगाइएको भएपनि कक्षा ११ को परीक्षा भने पूर्व निर्धारित समयतालिका अनुसार नै पूर्ण सावधानीका साथ सन्चालन हुने नगरपालिकाका शिक्षा शाखा अधिकृत मोतिप्रसाद रिजालले बताउनुभयो ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology