गैंडाकोटका विद्यालयहरु वैशाख २८ सम्म बन्द रहने

NAWALPUR TIMES

गैंडाकोटका विद्यालयहरु वैशाख २८ सम्म बन्द रहने
gaindakot napa

प्रकाश भण्डारी, गैंडाकोट।  नयाँ भेरियन्ट सहितको कोभिड १९ भाईरसको संक्रमण बढेसँगै गैंडाकोट नगरभित्रका विद्यालयहरू वैशाख २८ सम्म   बन्द हुने भएका छ्न ।

नेपालमामा हाल देखा परेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको कारण विद्यार्थी, शिक्षक तथा अभिभावकको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरशिक्षा समिति गैंडाकोटमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो।

२०७८ वैसाख १४ देखि लागू हुने गरि वैसाख २८ गतेसम्म  १५ दिनका लागि सम्पूर्ण शिक्षण संस्थाहरूमा विद्यार्थीको भौतिक उपस्थितिमा गरिने शिक्षण, परिक्षा, ट्युसन जस्ता कृयाकलाप बन्द गर्ने निर्णय गरेको हो।

उपरोक्त निर्णयहरू उल्लंघन गर्ने निकायलाई कानून अनुसार कारवाही हुने र निर्देशन कार्यान्वयन नगर्दा हुने क्षति प्रति स्वयं संस्था संचालक जिम्मेवार हुनेपर्ने गैंडाकोट नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत मोती प्रसाद रिजाल द्धारा हस्ताक्षरित सूचनामा जनाईएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology