गैँडा हत्याका अभियुक्त विरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा  दायर

NAWALPUR TIMES

गैँडा हत्याका अभियुक्त विरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा  दायर
thumb 1 1

कावासोती । विद्युतीय करेन्टबाट गैँडा मारेर खाग चोरी निकासी गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पाँच जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

कृष्णबहादुर महतोसमेत ५ जनाले संरक्षित वन्यजन्तु गैँडाको अवैधरुपमा विद्युतीय करेन्ट लगाई मारेर सोको खाग अवैधरुपमा ओसार प्रसार तथा खरिद बिक्री वितरण गरेको भन्दै कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको हो ।
२०७९ साल माघ ६ गते बिहान नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ सीतापुरमा १४ वर्षको पोथी र करिब ४ वर्षको भाले गैँडालाई विद्युतीय धरापमा पारेर पोथीको खाग काटिएको अवस्था फेला पारिएको थियो ।

यस विषयमा निकुञ्ज प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दै गर्दा २०८० जेठ १२ गते रामग्राम नगरपालिका–१८ मा होमबहादुर विकको घरको आँगनमा विकसहित सोही वडाको धरमपुर बस्ने कृष्णबहादुर महतो र शिखाराम थारु गैँडाको खाग खरिद बिक्री कारोबार गर्दै गर्दा पक्राउ परेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology