गैँडा मारेर फरार रहेका ३ अभियुक्त पक्राउ

NAWALPUR TIMES

गैँडा मारेर फरार रहेका ३ अभियुक्त पक्राउ
Gaida case

कावासोती । विभिन्न समयमा गैँडा तस्कर गरि खाग चोरी लाने तस्कर समूहका १७, १३ र ३ वर्षदेखि फरार रहेका तीन जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले २०६० साल, २०६६ साल, २०७७ सालमा निकुञ्जको कोर क्षेत्रका फरक फरक ठाउँमा गैँडा मारी खाग तस्कर गर्ने समूका तीन जनालाई यहि पुस महिनाको फरक फरक मितिमा पक्राउ गरेको हो ।

निकुञ्ज प्रशासनले आज विज्ञप्तिमार्फत जनाए अनुसार २०६० माघ २० गते निकुञ्जको नन्दनताल क्षेत्रमा खाग र खुर काटी लगिएको अवस्थामा गैँडा मृत भेटिएको थियो ।

सो घटनाको अनुसन्धान गर्दा ४ जना मिलेर गैँडा तस्करी गरेको फेला परेकोमध्ये चम्का जेठा, मुक्ति बहादुर पुन भन्ने मुक्तलाल पुनलाई हिजो मंगलबार निकुञ्ज प्रशासनले पक्राउ गरेको हो । उनलाई निकुञ्जको २०६७ साल जेठ २० गतेको फैसलाले १५ वर्ष कैद सजाय र एक लाख रुपियाँ जरिवाना फैसला गरेको थियो ।

तर, १३ वर्षदेखि पुन फरार थिए । उनलाई हिजो मंगलबार निकुञ्ज प्रशासन र नेपाली सेनाको संयुक्त टोलीले राप्ती ११, सिमलटाँडीबाट साँझ साढे ६ बजे पक्राउ गरेको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए । उनका अनुसार आज बुधबार जिल्ला कारागार चितवन चलान गरेको छ ।

त्यसैगरि निकुञ्ज प्रशासनले २०६३ सालको असार २८ गते मृत अवस्थामा खगेन्द्रमल्लीको सिमल गैहरी नजिक गोली हानी गैँडा मारेर खाग खुर लैजान तस्कर समूहमा भएको अभियोगका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

सो मुद्धामा १७ वर्षदेखि फरार रहेका माइला तामाङ भन्ने सोनाम सिं वाइवालाई निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो । हिजो मंगलबार निकुञ्ज प्रशासन र नेपाली सेनाको संयुक्त टोलीले इच्छाकामना गाउँपालिका ७, भालुमाराबाट बेलुका साढे ७ बजेको समयमा नियन्त्रणमा लिएको हो ।

वाइवालाई आज जिल्ला अदालत चितवनमा पेश गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । उक्त घटनामा वाइवासहित १४ जनाको संलग्नता रहेको पनि अनुसन्धानबाट खुलेको निकुञ्जले आज निकालेको विज्ञप्तीमा जनाइएको छ ।

यसैगरि २०७७ साल कात्तिक २० गते निकुञ्जको भोसारघाट पारि आइल्याण्ड क्षेत्रमा चोरी सिकारीले मारी खाग र खुर लगेको अवस्थामा भेटिएको गैँडा मारेको अभियोग लागेका फुर्के कुमाल भन्ने गणेश कुमाललाई पनि पक्राउ गरेको छ ।

उनलाई विशेष सूचनाको आधारमा भरतपुर महानगरपालिका १४ को रातो मचान भन्ने स्थानबाट पक्राउ गरिएको आज जारी गरिएको विज्ञप्तिमा निकुञ्जले जनाएको छ । उक्त चोरी सिकारीको घटनामा २४ जनाको संलग्नता रहेको अनुसन्धानबाट पत्ता लगाइएपनि अभियुक्तहरु फरार थिए ।

तिमध्ये एक कुमाल तीन वर्षदेखि फरार रहेका विज्ञप्तिमा जनाइएको छ । उनलाई नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त टोलीले पुस २१ गते पक्राउ गरेको हो । भने, आज बुधबार जिल्ला अदालत चितवनमा पेश गरिएको निकुञ्जले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology