गैँडाको बच्चा मृत फेला

NAWALPUR TIMES

गैँडाको बच्चा मृत फेला
baby rhino

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडाको बच्चा मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो ।

बच्चा गैंडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए ।

निकुञ्जको कावासोती क्षेत्रमा माघ ६ गते गैंडाका आमाछोरा तस्करहरूले मारेको पर्सिपल्ट नै गैंडाको बच्चा मरेको हो । चालू आर्थिक वर्षमा योसहित ११ गैंडा मरेका छन् । ती मध्ये ३ गैंडा चोरी शिकारीले मारेका हुन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology