गैँडाको नक्क्ली खाग सहित ९ जना पक्राउ

NAWALPUR TIMES

गैँडाको नक्क्ली खाग सहित ९ जना पक्राउ
IMG 20240624 WA0009

कावासोती । चितवन राष्ट्रिय निकुञ्ज गैँडाको नक्क्ली खाग सहित ९ जनालाई पक्राउ गरेको छ ।

गएको वैशाख २८ गते चितवन भरतपुर महानगरपालिका वडा नं. ९ बाट गैँडाको नक्क्ली खागको कारोबार गर्दै गर्दा चितवन भरतपुर–२८ बस्ने सन्त बहादुर कुमाल, चितवन राप्ती नगरपालिका वडा नं. ३ बस्ने बाल कुमार राई, नवलपरासी बर्दघाट–८ का देव वहादुर परीयार, बुटबल–७ का धन बहादुर बानियाँ, बुटवल–११ का कृष्णराज पाण्डे क्षेत्री, बाग्लुङ्ग जैमिनी–७ का कमल राना, बाग्लुङ्ग जैमिनी–१०को नगेन्द्र थापा,स्याङजा भिरकोट–९का कुल पहादुर बुढाथोकी र बाग्लुङ्ग जैमिनी–९का खड्क बहादुर थापालाई पक्राउ गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) बमोजिमको सजाय माग गरी यहि असार ९ गते चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको तिवारीले बताए ।

तिवारीका अनुसार प्रतिवादीहरु देव बहादुर परियार र कुल बहादुर वुढाथोकीले बाल कुमार राई र सन्त बहादुर भन्ने पंकज कुमाललाई नक्कली खाग बनाउन लगाएको र उक्त नक्कली खाग बिक्री गर्नका लागी कृष्णराज पाण्डे क्षेत्री कमल राना, खड्क बहादुर थापा र नगेन्द्र थापा र धनबहादुर बानिया समेत संलग्न भएकाले उनीहरुलाई पक्राउ गरेर मुद्धा दायर गरिएको हो ।

सन्त बहादुर भन्ने पंकज कुमाल यस अघि पनि गैडालाई गोली हानेर घाईते बनाएको मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा (१) पचास हजार जरिवाना र ८ वर्ष कैद भुक्तानी गरी २०७५ सालमा रिहा भएका थिए ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology