गैँडाको खाग सहित ६ जना पक्राउ

NAWALPUR TIMES

गैँडाको खाग सहित ६ जना पक्राउ
269687963 4643826825724094 2586339919659018139 n 560x280 1

काठमाडौं : काठमाडौं महानगरपालिका बौद्द बाट १ किलो १० ग्राम म तौल भएको संरक्षित वन्यजन्तु –गैँडाको खाग १ थान सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली घर भई हाल काठमाडौ बौद्द बस्ने बर्ष ४१ को भिम बहदुर थिङ, काभ्रे बेदान गा.पा.वडा नं.४ बस्ने बर्ष ४१ को बिरमान तमाङ, काभ्रे पाँचखाल न.पा.वडा नं.६ बस्ने बर्ष ४२ को बेद बहादुर दनुवार, काभ्रे पाँचखाल बस्ने बर्ष २० को नवराज गिरी, काभ्रे खानिखोला गा.पा.वडा नं.५ घर भई हाल जिल्ला भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने बर्ष ३२ को भिम तमाङ र काभ्रे पाँचखाल न.पा.वडा नं.३ घर भई ऐ ऐ वडा नं.४ बस्ने बर्ष ३१ को सोहन कार्की रहेका छन् ।

संरक्षित वन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त खाग सहित फेला पारी उनिलाई पक्राउ गरेको हो ।उनीहरुलाई थप अनुसन्धानको लागि सोमवार जिल्ला डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौ को उक्त महाशाखाले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology