गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ

NAWALPUR TIMES

गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ
445387485 472345118544565 6179440610705707045 n

कावासोती ।  चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको विशेष टोली र श्री नयाँ गोरख गणको संयुक्त टोलीले गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ गरि सार्वजनिक गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा मंगलबार बिहान गरिएको पत्रकार सम्मेलन मार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै मुद्धा दर्ता गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलप्रजा पुनले जानकारी दिए ।

कावासोती -१६ का क्रान्ती खड्का, कावासोती-१५ का छविलाल परियार, कावासोती-१५ का प्रकाश घिमिरे, कावासोती-१६ का लेखनाथ सुनार, बुलिङटार-४ का खिम बहादुर बराल र बझाङ छविस पाथिभरा गाउँपालिका-१ का प्रकाश राज जोशीलाई पक्राउ गरिएको पुनले जानकारी दिए ।

२०७२ साल चैत्रमा   चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा घाँस दाउरा गर्न गएको बेला कावासोती १५ का छविलाल परियार र करीब अढाई वर्ष अघि मृत्यु भएका भैरव थापाले मृत फेला पारेको गैँडाको खाग काटेर ल्याएको अनुसन्धान बाट खुलेको पुनले बताए ।

अनुसन्धानमा खुलेका व्यक्तिहरुलाई निगरानी गर्ने क्रममा भरतपुर महानगरपालिका ६ मा क्रान्ती खडकालाई सोधपुछ गर्ने क्रममा खडका बाट परिधिः ८.५“, टुप्पो देखि फेदको उचाई २.४“, तौलः ६० (साठी ग्राम) परिमाणको खाग फेला परेपछि अनुसन्धान गर्दै जादाँ अन्य व्यक्तिहरुलाई गएको चैत २७ गते चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको विशेष टोली र श्री नयाँ गोरख गणको संयुक्त टोलीले पक्राउ गरेको पुनले जानकारी दिए ।

अनुसन्धानबाट एक जना प्रतिवादी फरार समेत गरि ७ जनालाई संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग (आखेटोपहार) खरिद तथा विक्री मुद्दामा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) ऐन २०२९ को दफा ५(१) को (क) र दफा २६(१) को बिरुद्धको कसूर गरेकोले ऐनको दफा २६ (१) बमोजिम सजाय माग दाबी सहित मंगलबार नै जिल्ला अदालतमा मुद्धा दायर गरिने उनले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology