गैँडाकोटमा संकलन गरिएका १०४ स्वाबमध्ये ९४ नेगेटिभ

NAWALPUR TIMES

गैँडाकोटमा संकलन गरिएका १०४ स्वाबमध्ये ९४ नेगेटिभ
Untitled 1

प्रकाश भण्डारी, गैँडाकोट

गैँडाकोट नगरपालिकाको भृकुटी चोकमा भाद्र ९ गते लिएको १०४ स्वाब मध्ये ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

पोखरा जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार गैँडाकोट नगरपालिकाका बाँकी २८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो।

दिउसो सम्म ७६ जनाको मात्र पिसिआर रिपोर्ट प्राप्त भएकोमा १० जनामा संक्रमण  देखिएको थियो।

आज संक्रमण पुष्टि हुनेहरूमा गैँडाकोट नगरपालिका वडा नं. २ का ५ जना र वडा नं. ७ का ५ जना गरि जम्मा १० जना रहेका छन्। उनीहरूलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसनमा पठाईसकिएको पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो।

हालसम्म गैँडाकोट नगरपालिकामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६० जना निको भै घर फर्किसकेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology