गैँडाकोटमा रहेको जनक माविमा चोरीको प्रयास गर्ने प्रहरी नियन्त्रणमा

NAWALPUR TIMES

गैँडाकोटमा रहेको जनक माविमा चोरीको प्रयास गर्ने प्रहरी नियन्त्रणमा
hatkadi 1

प्रकाश भण्डारी, गैँडाकोट नवलपुर

गैंडाकोट नगरपालिका वडा नं. ५ मा रहेको जनक नमुना उच्च माध्यमिक विद्यालयमा सोमबार बिहान १२:३० बजेको समयमा चोरीको प्रयास गर्ने युवा पक्राउ परेका छन्।

जनक नमुना उच्च माध्यमिक बिद्यालय को सिसि क्यामरा चोर्दै गर्दा स्थानीयले थाहा पाएपछि स्थानीयकै सहयोगमा चोरीमा संलग्न एक जनालाई पक्राउ गरिएको थियो।

उक्त चोरी को घटनामा ८/९ जना को समूह रहेको पक्राउ परेका व्यक्तिले बताएका छन्। आज बिहान करिब ३ बजेको समयमा घटनास्थल नजिकैबाट थप १ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। चोरीको घटनामा संलग्न अन्यको खोजी कार्य जारि रहेको र उनीहरूलाई छिट्टै सार्बजनिक गरिने ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

पक्राउ परेका २ युवा स्थानीय रहेका छन्। उक्त घटनामा संलग्न अन्य फरार रहेको र घटनाका बारेमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले बताउनुभयो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology