गैँडाकोटमा आज ५३९७ जनाले लगाए एष्ट्राजेनिका-कोभिशिल्डको दोस्रो डोज

NAWALPUR TIMES

गैँडाकोटमा आज ५३९७ जनाले लगाए एष्ट्राजेनिका-कोभिशिल्डको दोस्रो डोज
270575015 448986056719413 3210186315490358598 n

प्रकाश भण्डारी।  गैँडाकोट नगरपालिकामा आज मात्रै ५३९७ जनाले कोभिड १९ विरुद्धको एष्ट्राजेनिका-कोभिशिल्डको दोस्रो डोज खोप लगाएका छन्।

गैंडाकोट नगरपालिका अन्तर्गत आधारभुत स्वास्थ्य केन्द्र वडा नं. १ मा ४२४ महिला र १२६ पुरूष सहित ५५०, श्रीराम पार्टी प्यालेस वडा नं. २ मा ३३८ महिला र १९० पुरूष सहित ५२८, आधारभुत स्वास्थ्य केन्द्र वडा नं. ३ मा १७९ महिला र ७८ पुरूष सहित २५७ जना, आधारभुत स्वास्थ्य केन्द्र वडा नं. ४ मा ३३० महिला र १५२ पुरूष सहित ४८२, गैँडाकोट स्वास्थ्य चौकीमा वडा नं. ५ का ३८७ महिला र २०२ पुरूष सहित ५८९ जना,आधारभुत स्वास्थ्य केन्द्र वडा नं. ६ मा २३७ महिला र ९३ पुरूष सहित ३३०, आधारभुत स्वास्थ्य केन्द्र वडा नं. ७ मा ८४ महिला र १७३ पुरूष सहित २५७, गैंडाकोट आयुर्वेद औषद्यालयमा वडा नं. ८ का ६७ महिला र १४९ पुरूष सहित २१६, आधारभुत स्वास्थ्य केन्द्र वडा नं. ९ मा १३८ महिला र ६२ पुरूष सहित २००, गैँडाकोट नगर अस्पताल पितौँजीघाटबाट वडा नं. ११ का ४९९ महिला र ३२१ पुरूष सहित ८२०, आधारभुत स्वास्थ्य केन्द्र वडा नं. १३ मा २०४ महिला र ११५ पुरूष सहित ३१९, आधारभुत स्वास्थ्य केन्द्र वडा नं. १४ मा २०८ महिला र ७२ पुरूष सहित २८० जना, अमरापुरी स्वास्थ्य चौकी वडा नं. १६ मा २४० महिला र ११२ पुरूष सहित ३५२ जना र आधारभुत स्वास्थ्य केन्द्र वडा नं. १७ मा १५० महिला र ६७ पुरूष गरि २१७ जनाले खोप लगाएका छन्।

आजको समग्र वडाहरूमा लगाईएको खोपको तथ्यांक हेर्दा ३४८५ महिला र १९१२ पुरूष सहित जम्मा ५३९७ जनाले एष्ट्राजेनिका-कोभिशिल्डको दोस्रो खोप लगाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो।

गैँडाकोट नगरपालिकामा षौष २५ र २६ गते कोभिड १९ विरुद्धको एष्ट्राजेनिका-कोभिशिल्ड पहिलो डोज लगाई ८ हप्ता पुरा भएका व्यक्तिहरुलाई दोस्रो चरणको खोप लगाउने कार्यक्रम रहेको छ। साथै पहिलो खोप नलगाएका नागरिकहरुलाई जोनसोन खोप लगाउने तयारी समेत भइरहेको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology