गैँडाकोटबाट हराएकि २१ वर्षीया विना सापकोटाका प्रेमी पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २२ गते ११:२७
गैँडाकोटबाट हराएकि २१ वर्षीया विना सापकोटाका प्रेमी पक्राउ
208547471 1777162769122354 1634128101728114056 n

नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटबाट असार १४ गतेदेखि हराइरहेकि २१ वर्षीया विना सापकोटाका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं. ४ घर भएका २३ वर्षका प्रवेश कंडेललाई प्रहरीले पक्राउ गरेको हो । कंडेलले मोटरसाईकलमा राखेर विनालाई गैँडाकोट स्थित घरबाटै लगेको विनाका बुवा जायश्वर सापकोटाले  जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक लक्ष्मी पाण्डे खनालले विना सापकोटाको घरबाटै कंडेलले लगेको परिवारले बताएपछि अनुसन्धानका लागि भन्दै ती युवकलाई पक्राउ गरि चितवन प्रहरी समक्ष बुझाएको बताउनु भयो ।विनाले प्रयोग गर्ने गरेको मोबाईल फुटेको अवस्थामा प्रेमीको साथबाटै बरामद भएको स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य बहादुर थापाले घटनाको अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।विना बेपत्ता भएको हप्तादिन वितिसक्दा समेत अवस्था अज्ञात हुनुले परिवारमा चिन्ता छाएको छ । जनक कलेज गैँडाकोटमा  विविएस तेस्रो वर्षमा अध्ययनरत विना परिवारकी माइली सन्तान हुन् ।

प्रकाशित : २०७८ असार २२ गते ११:२७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI