गैँडाकोटकी २८ वर्षीय महिला बेपत्ता : नदी किनारमा कपडा र चप्पल भेटियो

NAWALPUR TIMES

गैँडाकोटकी २८ वर्षीय महिला बेपत्ता   : नदी किनारमा कपडा र चप्पल भेटियो
140931751 427767368566617 7899456097665061389 n

गैँडाकोट । गैँडाकोट नगरपालिका वडां. १ की २८ वर्षीया सरस्वती श्रेष्ठ (पाध्या) बेपत्ता भएकी छिन । विगत तीनदिन देखि हराएकी उनि हालसम्म पनि परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । उनि लामो समयदेखि गैँडाकोट नगरपालिका वडा न‌ं १ स्थित प्रगतीटोलमा बस्दै आएकि थिईन ।

ईलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार उनले लगाउदै आएको कपडा र चप्पल बृटिसक्याम्प स्थित नारायणी नदी किनारमा फेला परेको छ ।नदी किनारको अप्ठेरो खोँचमा उनले प्रयोग गर्दै आएको चप्पल र हुट भेटिएको छ : प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले उज्यालो खबर सँग भने । थापाका अनुसार हुट (कपडा) को गोजिमा कानमा लगाउँदै आएको टप र ११ सय रुपैँया पैसा भेटिएको छ ।

नदी किनारमा कपडा, चप्पल र टप समेत भेटिनुले उनि नदीमै हाम फालेर बेपत्ता भएको हुन सक्ने प्रहरीको आंशका छ । स्थानीय पौडीबाजलाई सोहि ठाउमा खोज्नका लागि आग्रह गरिएको भएपनि सो ठाँउ निकै गहिरो भएकोले कसैले पनि सो ठाउमा जाने हिम्मत नगरेकोले तालिम प्राप्त गोताखोर मार्फत नदीमा खोजिकार्य गर्ने प्रहरीले तयारी गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology