कावासोती । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय नवलपुर ७७ जिल्ला मध्य ५ औँ स्थानमा परेको छ ।
मन्त्रालयले गरेको कार्य सम्पादन मूल्यांकनमा विभिन्न ६८ वटा परिसूचकमा ९५.३८ अंकसहित नवलपुर ‘अति उत्कृष्ट’को पाँचौं नम्बरमा परेको हो ।
मन्त्रालयका अनुसार कार्य सम्पादन सम्झौताका ६ वटा विषयगत क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासनअन्तर्गत ६८ वटा परिसूचक रहेका छन्
९० प्रतिशतभन्दा माथि अंक प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले कार्यसम्पादन मूल्यांकनमा ‘अति उत्कृष्ट’ मान्ने गरेको छ ।
गृहमन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा पहिलो देखि चौथो नम्बर सम्म गुल्मी, रुकुम पश्चिम, रुपन्देही र ईलाम रहेका छ्न ।
त्यस्तै ९५ देखि ९० अंकसम्म प्राप्त गरेर रुकुम पूर्व, डडेल्धुरा, काठमाडौं, पर्वत, बैतडी, प्यूठान र डोटी, सल्यान, मकवानपुर, मनाङ, दाङ, गोरखा, बारा, लमजुङ, ललितपुर, तनहुँ, मोरङ, संखुवासभा, कपिलवस्तु, नुवाकोट, अछाम, पाल्पा, नवलपरासी पश्चिम, भोजपुर, ओखलढुंगा, बर्दिया, दार्चुला र सिन्धुली ‘अति उत्कृष्ट’ जिल्ला प्रशासन कार्यालयमा परेका छन् ।
प्रकाशित : २०८० असोज १९ गते १८:५७
Facebook Comment