गृहमन्त्रीको राजीनामा माग्दै कावासोतीमा नेविसंघको राँके जुलुस

NAWALPUR TIMES

गृहमन्त्रीको राजीनामा माग्दै कावासोतीमा नेविसंघको राँके जुलुस
IMG 20240527 WA0002

नारायण शर्मा, कावासोती। सहकारी ठगीमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले सदरमुकाम कावासोतीमा अहिले राँके जुलुससहित विरोध प्रर्दशन गरेको छ ।

राँके जुलुसमा सहकारी ठगी काण्डमा सम्लग्न गृहमन्त्रीको राजीनामा माग्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए । साँझ सवा ७ बजे कावासोतीको इन्द्रचोकबाट सुरु भएको राँके जुलुसमा विद्यार्थीले सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

सहकारी ठगीमा संलग्न गृहमन्त्री राजीनामा दे, संसदीय छानविन समिति गठन गर, गिरीबन्धु टि-स्टेटको छानविन गर, भ्रष्टाचारी सरकार राजीनामा दे ! जस्ता नारा लगाएका थिए । इन्द्रचोकबाट सुरु भएको जुलुस जिल्ला प्रहरी कार्यालय अघिल्तिरबाट फलफुल चोकसम्म पुगेको थियो ।

नेविसंघ लुम्विनी कजेलद्वारा आयोजित राँके जुलुसपछि प्रर्दशनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका थिए । नेविसंघका जिल्ला अध्यक्ष हरी सुवेदीले गृहमन्त्रीविरुद्धको प्रर्दशन जिल्लाका मुख्य सहरमा आयोजना गरिने जानकारी दिए ।

संसदीय छानविन समिति गठन र गृहमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology