गुल्मीमा जिप दुर्घटना : ५ जनाको ज्यान गयो

NAWALPUR TIMES

गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा  ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृत्यु भएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology