गुल्मीकी ज्ञानुलाई दुवई वुमन्स ब्याडमिन्टनमा कास्यपदक

NAWALPUR TIMES

गुल्मीकी ज्ञानुलाई दुवई वुमन्स ब्याडमिन्टनमा कास्यपदक
Gyanu bronz

नेपाल ब्याडमिन्टन कम्युनिटीकी ज्ञानुमाया बरालले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपको महिला एकलमा कास्यपदक जितेकी छिन् ।

युएई ब्याडमिन्टन र दुवई स्पोर्ट्स काउन्सिलको संयुक्त आयोजनामा भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपमा ज्ञानुले फिलिपिन्सकी जेन्नी स्कोलरलाई २-० को सोझो सेटमा पराजित गर्दै कास्यपदक जित्न सफल भएकी हुन्।

पहिलो सेटमा २१–१३ को सहज जित हात पारेकी ज्ञानुले दोस्रो सेटमा २४–२२ को संघर्षपुर्ण जित निकालेकी थिइन् ।

त्यसअघि उनी च्याम्पियन बनेकी भारतकी इरेनी इल्सा एलेसान्डरसँग १८–२१ र १०–२१ ले पराजित हुदै फाइनल पुग्नबाट बञ्चित बनेकी थिइन् । इरेनी इल्सा एलेसान्डरले आफ्नै देशकी एनिरुमा बिजुलाई हराएर च्याम्पियन बनेकी थिइन् ।

शनिबार सम्पन्न भएको च्याम्पियनसिपमा युएईमा बसोबास गर्दै आइरहेका विभिन्न देशका कम्युनिटीका ३२ जना महिला खेलाडीहरुले सहभागिता जनाएका थिए ।

च्याम्पियनसिपमा युएईका स्थानिय महिलाहरुको लागि छुट्टै इभेन्ट समावेश गरिदा अन्य विदेशी कम्युनिटीलाई समावेश गरिएको थिएन ।

नेपाल ब्याडमिन्टन कम्युनिटीको प्रशिक्षकमा अनिल जोशी तथा टिम व्यवस्थापकमा हिरालाल श्रेष्ठ रहेका थिए । स्रोत:- हाम्रोखेलकुद

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology