गुनासो न आउने गरी काम गर्न सचिबहरुलाई प्रधानमन्त्रीको निर्देशन

NAWALPUR TIMES

गुनासो न आउने गरी काम गर्न सचिबहरुलाई प्रधानमन्त्रीको निर्देशन
1672739030353

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या देखिएका ठाउँमा तत्काल सुधार गर्न सचिवहरूलाई निर्देशन दिएका छन्।दुई दिने बैठकपछि उनले नागरिकका गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन्।

लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतमा देखिएका समस्या समाधान गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए। त्यस्तै, प्रदेशसँगको समन्वयलाई प्रभावकारी बनाउन पनि उनको निर्देशन छ। सुशासन कायम गर्न कटिबद्ध भएर काम गर्न पनि उनले सचिवहरूलाई निर्देशन दिए।

ठूला आयोजनामा आफैंले अनुगमन गर्ने घोषणा पनि प्रधानमन्त्री प्रचण्डले गरेका छन्। प्रधानमन्त्री भएपछि पहिलोपटक प्रचण्डले सचिवहरूलाई डाकेर गुनासो निर्देशन दिएका हुन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology