गुडिरहेको ट्याक्टरबाट खसेर युवतीको मृत्यु

NAWALPUR TIMES

गुडिरहेको ट्याक्टरबाट खसेर युवतीको मृत्यु

काटमाठौं । तनहुँको भानु नगरपालिका–९, डुम्रेमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । स्थानीय २३ वर्षीया एलिना श्रेष्ठको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर घाइते भएकी उनको उपचारका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा गए राति साढे ९ बजे मृत्यु भएको जनाइएको छ ।

शनिबार राति करिब ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग१त ५४४५ नम्बरको ट्याक्टरबाट श्रेष्ठ खसेकी थिइन् । उक्त टयाक्टरसहित चालक इलाका प्रहरी कार्यालय भानुको नियन्त्रणमा छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology