गिरीबन्धु टि–स्टेट प्रकरणमा तत्कालीन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नु पर्छ : बालेन

NAWALPUR TIMES

गिरीबन्धु टि–स्टेट प्रकरणमा तत्कालीन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नु पर्छ : बालेन
images

कावासोती । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–स्टेट) प्रकरणमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्ने टिप्पणी गरेका छन् ।

बालेनले सामाजिक संजालमा टिप्पणी गर्दै गिरीबन्धु टि–स्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै अब तत्कालीन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारबाही गर्नुपर्ने बताएका छन् ।

अहिलेको अवस्थामा सो जग्गाको मुल्य १० अर्ब भन्दा धेरै भएको भन्दै बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने बताएका छन् ।  उनले जग्गाको बैना गरेका सबैलाई कानूनी प्रकृयाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तिको बाटो सकिएको उल्लेख गरेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology