गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा हुप्सेकोटकी लक्ष्मी पाण्डे चयन

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २७ गते १३:५२
गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा हुप्सेकोटकी लक्ष्मी पाण्डे चयन
thumb

कावासोती । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी छन् । गत स्थानीय तहको निर्वाचनमा देशभरीबाट धेरै पालिकामा विजयी कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन भएकी हुन् ।

धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पाएको हो । त्यस्तै दोस्रो ठूलो दल एमालेले महासचिव, सचिवसहित ७ वटा पद पाउने छ । महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका छन । कोषाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनार चयन भएकी छन । दलहरुले सहमतिका आधारमा नेतृत्व चयन गरेको पाण्डले बताइन् । काठमाडौंको प्रज्ञा भवनमा जारी पहिलो अधिवेशनले ३७ सदस्य रहेको नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

प्रकाशित : २०७९ मंसिर २७ गते १३:५२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI