गर्भवतीका लागि थप पीडादायी बन्दै कोरोना

NAWALPUR TIMES

गर्भवतीका लागि थप पीडादायी बन्दै कोरोना
pregnent 1024x683 1

काठमाडौं- कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन्।

कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । यो खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो।

अस्पतालमा नियमित गर्भ जाँच गर्न आउने र अस्पतालमा सुत्केरी हुने सङ्ख्या पनि विगतको तुलनामा घटेको छ । सिन्धुपाल्चोककी समीक्षा भट्टराई भक्तपुरस्थित कौशलटारमा बस्छिन् । उनी गर्भवती भएको सात महिना पुग्यो ।

उनले सिभिल अस्पतालमा नियमित गर्भ परीक्षण गर्दै आएकी छन्। बन्धधदाबन्दीको समयमा आकस्मिक रक्तस्राब भएपछि एम्बुलेन्सका लागि उहाँले सिभिल अस्पतालमा फोन गरिन्।

सिभिल अस्पतालमा एम्बुलेन्सको व्यवस्था थिएन । सम्पर्कमा भएका ट्याक्सी, गाडीलाई हारगुहार गरिन् तर बन्दाबन्दीले गर्दा नपाएपछि एक जना नेतालाई फोन गरिन्।

नेताले एक जना प्रहरीमा कार्यरत आफन्तलाई भनिदिएपछि उसैको बाइकमा चढेर प्रसूति गृह पुगिन्। नियमित परीक्षणमा नगएपछि रक्तस्राब भएर उहाँको गर्भ खेर गयो।

यस्तै जोरपाटीमा बस्नुभएका रुक्मणि सुवेदीले पनि लकडाउनले गर्दा सवारी साधन पाइन्।

राजधानीमा भएर पनि सवारी साधन नपाउँदा असह्य पीडाका बीच उनले कोठामै बच्चा जन्माइन्। यी दुई प्रतिनिधि पात्र मात्र हुन् । कोरोनाका कारण यस्ता धेरै गर्भवती महिलाले ठूलो कष्ट सहनुपरेको छ । कतिपय गर्भवती महिला समयमा उपचार नपाएर मृत्युको मुखमा समेत पुगेका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. सङ्गीता मिश्रले कोरोनाले सबैभन्दा बढी दुःख गर्भवती महिलाले पाएको जानकारी दिइन्।

कोरोनाका कारण धेरै जना गर्भवती सङ्क्रमित भइरहेको जानकारी दिँदै मिश्रले उनीहरूको परीक्षणमा रहेका चिकित्सक तथा नर्सले पनि ठूलो जोखिम मोलेर सेवा गरिरहेको बताइन्।

सामान्य अवस्थामा दैनिक ८० देखि ८४ जनासम्म प्रसूति गृहमा सुत्केरी हुने गरेका थिए। हाल कोरोनाका कारण उक्त सङ्ख्या घटेर ४५ देखि ५५ जनासम्म सीमित भएको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष चैत ११ गतेदेखि असारसम्म देशभर ८५ जना गर्भवती महिलाको मृत्यु भएको छ । त्यस महाशाखा अन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. पुण्य पौडेलले झन्डै चार महिनाको अवधिमा ८५ जनाको मृत्यु सङ्ख्या सामान्यभन्दा धेरै भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology