गरिमा बिकास बैंकद्वारा जनता माविलाई चार थान कम्प्युटर प्रदान

NAWALPUR TIMES

गरिमा बिकास बैंकद्वारा जनता माविलाई चार थान कम्प्युटर प्रदान
received 151822656774793

गरिमा बिकास बैङकले आईतबार जनता माध्यमिक विद्यालय बिष्णुनगरलाई ४ थान कम्प्यूटर प्रदान गरेको छ ।सामाजिक उत्तरदायित्व अन्र्तगत बैङकले बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा प्रबिधिमैत्री शिक्षाका लागि एक कार्यक्रमका बीच बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुषाललाई हस्तान्तरण ४ थान प्रदान गरेको हो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुषालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा गरिमा बिकास बैङक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख ढकालले प्रबिधिमैत्री शिक्षा अहिलेको आवश्यकता भएकाले बिद्यार्थीहरुले यसको लाभ लिन आग्रह गरे । त्यस्तै उनले, गरिमा बिकास बैङक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न कार्यक्रम गर्दै आएको बताउदै बिद्यालयको शैक्षिक गुणस्तर उन्यन एव्म प्रबिधिमैत्री शिक्षाका निम्ति आफू बिद्यालयसँग निरन्तर सहकार्य गरी अघि बढ्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै वडाअध्यक्ष हेमप्रसाद पाण्डेले बिद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै बैङकले गरेको सकरात्मक कार्यको प्रशंसा गरेका थिए । प्राविधिक शिक्षाका लागि वडाका बिद्यार्थी अन्यन्त्र जिल्ला गई अध्ययन गनुपर्ने समस्या हल भएको बिश्वास लिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एव्म गरिमा बिकास बैङकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुषाललाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । आयोजित कार्यक्रममा नारायणगढ ब्लस्टर प्रमुख पुरुषोतम पाण्डे,पोखरा ब्लस्टर प्रमुख भोलाप्रसाद तिवारी ,अधिकृत बिनिता राणा,तथा कावासोती शाखा प्रमुख तोयनाथ अधिकारी लगायतको उपस्थित रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology