गण्डक ब्यारेजमा महिलाको शव फेला

NAWALPUR TIMES

गण्डक ब्यारेजमा महिलाको शव फेला
20240647208 gandak 2 pho

कावासोती । विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नेपाल-भारत सिमानाको गण्डक ब्यारेजमा शव फेला परेको छ ।

नारायणी नदी किनारमा अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो । शवको सनाखत नभएकाले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच नारायणीमा छ दिनमा २० वटा शव फेला परेको छ । भेटिएका शवमध्ये १४ वटाको सनाखत भएको छ भने ६ वटा शवको पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलका अनुसार १५ वटा शव नवलपुर, ४ वटा चितवन र १ वटा पश्चिम नवलपरासीमा भेटिएको हो । भेटिएका अधिकांश शव चितवनको सिमलतालमा भएको दुर्घटनामा परेका यात्रुहरु छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology