गण्डकी र प्रदेश–१ मा वर्षाको सम्भावना

NAWALPUR TIMES

गण्डकी र प्रदेश–१ मा वर्षाको सम्भावना
mausam 1c3a5

नवलपुर । देशका विभिन्न भागमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली  रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा  मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology