गण्डकी मन्त्रिपरिषद निर्णयः खेलकुद परिषद उपाध्यक्ष पुनको ठाउँमा ध्वजकुमार

NAWALPUR TIMES

गण्डकी मन्त्रिपरिषद निर्णयः खेलकुद परिषद उपाध्यक्ष पुनको ठाउँमा ध्वजकुमार
thumb1 1617821373

पोखराः गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषदको उपाध्यक्षमा स्याङ्जा वालिङ नगरपालिका १२ का ध्वजकुमार गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले यस अघिका उपाध्यक्ष नारायण पुन परिषदको बैठकमा उपस्थित नभएकामा सार्वजनिक सूचना जारी गरिएकामा सम्पर्कमा नआएको भन्दै उनलाई पदबाट हटाएर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानकारी दिए ।

यसैगरी, बैठकले कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि अस्थायी दरबन्दीमा काम गर्दै आएका ४ सय ४४ जनाको दरबन्दी असार मसान्तमा सकिएकोमा साउन १ देखि असोज मसान्तसम्म थप गर्ने निर्णय पनि गरेको छ ।

बैठकले मुकुन्दपुर–आहाले–रतनपुर – कोटथर डाँडाझेरी हुँदै बुलिङटार सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने तथा वन क्षेत्रको जग्गा ४.६ हेक्टर जग्गा प्राप्ति तथा रुख कठानका लागि संघ सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्ने संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्न तथा व्यवस्थापन समिति गठनलगायतका निर्णय पनि सरकारले गरेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology