गण्डकी प्रदेश स्तरीय  राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

NAWALPUR TIMES

गण्डकी प्रदेश स्तरीय  राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
IMG 20240223 131221 scaled

घनश्याम बगाले, कावासोती ।गण्डकी प्रदेश स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि नवलपुरमा सुरु भएको छ ।

प्रतियोगिताकाे उदघाटन गर्दै गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले राष्ट्रमा अनुशासन,शान्ति,संमृद्धी र एकताका लागि खेलकुदकाे माध्यम बाट अघि बढ्न आवश्यक भएकाे बताईन ।

उदघाटन सत्रमा शुभकामना मन्तव्य राख्दै मन्त्री सिंखडाले विकासका पूर्वाधार बाटाे,घाटाे,कुलाे आदि मात्र हाेईन राष्टकाे समृद्धिकाे मार्ग चित्र खेलकुदकाे विकास हाे भएको बताएकी हुन ।

उदघाटन सत्रमा प्रदेश सांसद राेशन बहादुर गाहा, पद्मा जिसी श्रेष्ठ, जिसस प्रमुख बाबुराम विश्वकर्मा, प्रजिअ   कल्पना श्रेष्ठ, कावासाेती नगर प्रमुख विष्णु प्रसाद भुसाल,विनयी त्रिवेणी गाउँ पालिका अध्यक्ष घनश्याम गिरी, जिल्ला खेलकुद बिकास अध्यक्ष सेत बहादुर पुन लगायतले प्रतियोगिता सफलताकाे शुभकामना दिएका थिए ।

खेल संंचालन नियम अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट सहभागी खेलाडीहरूकाे मार्चपास पछि प्रतियोगिताकाे शुभारम्भ भएकाे थियाे ।
प्रतियोगिता उदघाटन ईभेन्ट १५ सय मिटर दाैडमा छात्र तर्फ बाग्लुङका खेलाडी बादल कार्की प्रथम,तन्जिङ राेका मगर कास्की द्वितीय र सन्दीप नेपाली पर्वत तृतीय भएकाछन् । कार्कीले ४ मिनट २९ सेकेन्डमा १५ सय मिटर दाैड पार गर्दै प्रथम भएर पदक ट्रफि तथा प्रमाणपत्र हात पारेका हुन् ।


छात्रा तर्फकाे १५ सय मिटर दाैडमा तनहुँकि नम्रता गुरूङले ५ मिनेट ३२ सेकेन्डमा अन्य १० जिल्लाका खेलाडीलाई पछि पार्दै पदक तथा ट्रफी हात पारेकीछन् ।

उसु,एथलेटिक्स,कवड्डी,तेक्वान्द,कराते र भलिवल सहितका ६ बिधाका खेलहरूलाई  नगरपालिकागत रूपमा विभाजन गरि प्रतियोगिता संचालन गरिएकाे व्यवस्थापक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष पुनले बताए ।

पुनका अनुसार एथलेटिक्स र उसु कावासाेती,भलिवल र कबड्डी देवचुली, तेक्वान्दो गैडाकाेट र सितेरियाे करातेका स्पर्धा मध्यबिन्दुमा संचालन भएकाछन् ।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, कास्की, तनहुँ , लमजुङ र गाेरखाका जिल्लाका विभिन्न विद्यालयका खेलाडी छात्रछात्रा तथा रेफ्री तथा अफिसियल गरि १ हजार १ सय २३ जनाले खेलमा सहभागिता रहेकाे छ ।

संघीयताकाे अभ्याससंगै खेललाई केन्द्र र प्रदेश राजधानीमा मात्र सिमित नराखी जिल्ला र गाउँ नगरमा देशमै पहिलाे पटक गण्डकी प्रदेश खेलकुद परिषदले यस किसिमकाे खेलकाे आयाेजना गरेकाेे जनाएको छ ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगितामा एथलेटिक्स तर्फकाे खेल स्थल कावासाेती २ स्थित नवदूर्गा मैदानमा आयाजित उदघाटन कार्यक्रम गण्ड, प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology