गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नवलपुरमा हुने

NAWALPUR TIMES

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नवलपुरमा हुने
received 565781759034608

कावासोती। गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नवलपुरमा आयोजना हुने भएको छ ।

आगामी पुसको २६ देखि २८ सम्म सन्चालन हुने प्रतियोगिता नवलपुरमा सन्चालन गर्ने प्रस्तावमा जिल्लाका ८ वटै स्थानिय तहले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएकाले खेल नवलपुरमा नै आयोजना हुने भएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले बताए ।

सोमबार जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता एवं गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिको प्रमुख आथिथ्यतामा सम्पन्न बैठकले प्रतियोगिता नवलपुरमा आयोजना गर्न आवश्यक पहल गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताए ।

जिल्लामा भएको निर्णयले प्रतियोगिता नवलपुरमा हुने लगभग तय भएको र अब प्रदेश स्तरीय आयोजक समितिको निर्णय गरेर थप काम अगाडी बढाउने प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले बताए ।

‘जिल्लाबाट लिखित प्रस्ताव आए पछि प्रक्रिया अगाडी बढाउने तथा प्रदेशको आयोजक समितिले अनुगमन गरेर हामीले अन्तिम निर्णय गर्छौँ’,शर्माले भने । ‘स्थानिय तहरुको प्रतिबद्धता आएको छ, नवलपुरमा प्रतियोगिता हुने सम्भावना धेरै नै छ’, उनले भने ।

पुस २६ देखि आयोजना हुने प्रतियोगितामा ६ वटाको विधाका १२५४ खेलाडी तथा ९६ जना रेफ्री र प्रशिक्षक गरेर कुल १३५० जना सहभागी हुने छ्न । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते र उसुका खेल सन्चालन हुने छ्न । प्रतियोगिताका लागि ३२ लाख ९१ हजार बजेट लाग्ने र गैंडाकोट, कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाले ५/५ लाख तथा हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाले ३/३ लाख दिने प्रतिबद्धता व्यक्त गरेका जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology