गण्डकी प्रदेश : संस्थापन ईतरबाट शुक्रराज

NAWALPUR TIMES

गण्डकी प्रदेश : संस्थापन ईतरबाट शुक्रराज
Shukraraj Sharma

पोखरा । कांग्रेसको गण्डकी प्रदेश सभापतिमा संस्थापन इतर समूहबाट शुक्रराज शर्माले उम्मेदवारी दिने भएका छन् । बिहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलले शर्मालाई सभापतिको उम्मेदवार घोषणा गरेका हुन् ।

सभापतिमा उनीबाहेक देवराज चालिसे, यज्ञबहादुर थापा, रघुनाथ पौडेल, महेन्द्रदध्वज जीसी आकांक्षी थिए ।

आकांक्षी धेरै भएकै कारण पौडेल-कोइराला समूहलाई उम्मेदवार तय गर्न सकस परेको थियो । त्यसकै लागि नेता पौडेलसहित महामन्त्री शशांक कोइराला बुधबारदेखि पोखरामा थिए ।

लामो छलफलपछि शर्मालाई साझा उम्मेदवार घोषणा गरिएको हो । घोषणा कार्यक्रममा नेता पौडेलले अन्य आकांक्षीलाई पनि उचित व्यवस्थापन गरिने बताए ।

अन्य पदाधिकारी भने तय भैसकेका छैन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology