गण्डकी प्रदेश : काङ्ग्रेस नेतृत्वको गठबन्धनले केही बेरमै सरकारको दाबी पेश गर्दै

NAWALPUR TIMES

गण्डकी प्रदेश : काङ्ग्रेस नेतृत्वको गठबन्धनले केही बेरमै सरकारको दाबी पेश गर्दै
1623405333100

काठमाडौं । नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा काङ्ग्रेस नेतृत्व गठबन्धनका बहुमत सदस्य प्रदेश प्रमुखकोमा स-शरीर उपस्थित हुने भएका छन् ।

अहिले केहीबेरपछि उनीहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेको केहीबेरपछि उनीहरु बहुमत सदस्यसहित उपस्थित हुन लागेका हुन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।
कांग्रेस सांसद ओमकला गौतमका अनुसार उनीहरु पाँच बजे प्रदेश प्रमुखकहाँ जानेछन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology