गण्डकी प्रदेशले घटायो करको दर

NAWALPUR TIMES

गण्डकी प्रदेशले घटायो करको दर
gandaki pradesh sarkar

नवलपुर । गण्डकी प्रदेश सरकारले करको दर घटाएको छ । कर घटाउने सम्बन्धी मुख्यमन्त्रीको ठाडो प्रस्तावमा मन्त्रिपरिषद्को निर्णयबाट कर घटाइएको हो ।

यस आर्थिक वर्षमा बढाइएका सबै कर अहिले घटाइएको हो । करको दर घटाउने विषयमा अर्थमन्त्री रामजीप्रसाद बराल सहमत नभएपछि मुख्यमन्त्रीको ठाडो प्रस्ताव पारित गरेर कर घटाइएको हो ।

सवारी साधनलाई दिइएको ३३ प्रतिशत छुट परिमार्जन गर्न भने अर्थमन्त्रीले नै प्रस्ताव क्याबिनेटमा लगेका थिए ।

अघिल्लो आर्थिक वर्षमा दिइएको ६० प्रतिशत कर छुटलाई घटाएर अर्थमन्त्रीले अहिले ३३ प्रतिशत मात्र रहने व्यवस्था गरेका थिए ।

यातायात व्यवसायीको विरोध पछि कर छुट बढाएर ६० प्रतिशत नै कायम गरिएको हो ।

अरू शीर्षकका करको दर परिमार्जनका लागि भने मन्त्री बराल सहमत नभएपछि मुख्यमन्त्रीले ठाडो प्रस्ताव क्याबिनेटमा लगेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology