गण्डकी प्रदेशमा चार मन्त्रीले लिए शपथ, पुरानै अनुहार दोहिरिए

गण्डकी प्रदेशमा चार मन्त्रीले लिए शपथ, पुरानै अनुहार दोहिरिए

NAWALPUR TIMES

गण्डकी प्रदेशमा चार मन्त्रीले लिए शपथ, पुरानै अनुहार दोहिरिए
1621418068915

पोखरा । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।
मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुखले आज ४ जनालाई सपथ खुवाएकी हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँगै थप ३ मन्त्रीले सपथ ग्रहण गरेका हुन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिना विभागीय मन्त्रीका रुपमा सपथ खाएका छन् । मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने सपथमा सहभागी भएनन् । उनी काठमडौं भएकाले आउन नपाएका हुन् ।

वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गने पुन नियुक्त भएका थिए । कोरोनाले आइसोलेसनमै रहेका कारण मन्त्रिमण्डल विस्तारमा बिलम्ब भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology