गण्डकी प्रदेशमा कोभिड-१९ बाट ५० जनाको मृत्यु

NAWALPUR TIMES

गण्डकी। गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ।

 

अहिलेसम्म यस प्रदेशमा तीन हजार ४९९ जना संक्रमणमुक्त भएका छन्।

 

गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका अनुसार हिजो थप ५६ जनामा कोरोना पुष्‍टि भएको छ। प्रदेशमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए।

 

प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology