गण्डकी प्रदेशको मुख्यमन्त्रीमा जीसीको दाबी

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २ गते २०:०४
गण्डकी  प्रदेशको मुख्यमन्त्रीमा जीसीको दाबी
1670568450769
कावासोती । नेपाली कांग्रेस पुर्वी नवलपरासीका महेन्द्रध्वज जिसीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सशक्त रूपमा दाबी गर्नुभएको छ। पूर्वी नवलपरासीको १ को प्रदेशसभा १ बाट निर्वाचित जिसीले गण्डकीको संसदीय दलको नेतामा आफू चुनाव लड्ने बताउनुभएको हो ।
नवलपुर टाईम्स सँग कुरा गर्दै जिसीले आफू प्रदेशबाट निर्वाचित भएकामध्ये सबैभन्दा सिनियर र केन्द्रको संसदीय दलकाे सचिवसमेत भइसकेको व्यक्ति भन्दै मुख्यमन्त्री पद नछाड्ने स्पषट पार्नुभएको हो । कांग्रेसबाट गण्डकी प्रदेशसभामा शुक्रराज शर्मा समानुपातिकको एक नम्बरमा हुनुहुन्थ्यो । तर, सबै महिला पर्ने भएपछि उहाँ निर्वाचित हुन सक्नु भएन ।
शर्मा निर्वाचित नभएपछि आफूले उम्मेदवारी घोषणा गरेको जिसीले बताउनुभयो। उहॅाले आफू पार्टी भित्र शेखर-गगन समूह र रामचन्द्र-शशांक समूहको साझा उम्मेदवार रहेको बताउनुभयो । ‘शुक्रराज दाइ हुँदा मेरो उम्मेदवारी नरहने थियो । तर, अब म साझा उम्मेदवार हुँ र मैले मुख्यमन्त्री दाबी गरेको छु ।
अरु को को कसको समर्थनमा उठ्छन् मलाई थाहा छैन, गण्डकीमा हाम्रो २७ जनाको संसदीय दलमा हाम्रो बहुमत छ ।’ जिसीले भन्नू भयो । कांग्रेसबाट प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी गण्डकी प्रदेश सभामा २७ जना सांसद छन् । बहुमतका लागि ३१ जना चाहिन्छ । गठबन्धनको सरकार बन्दा दुईतिहाइ बहुमत पुग्ने देखिन्छ ।
मुख्यमन्त्रीका अर्का दाबेदार सुरेन्द्र पाण्डे देउवा समूहमा हुनुहुन्छ । गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १३ जना सांसद देउवाइतर समूहका निर्वाचित भएको बताइन्छ । शशांक कोइराला निकट मानिने जिसी संस्थापन इतर समूहबाट साझा उम्मेदवार बन्ने काग्रेस पुर्वी नवलपरासीका सचिब होमराज रानाभाटले बताउनुभयो । ‘यदि जिसी उम्मेदवार बनेमा दलको चुनाव जित्न सुरेन्द्र पाण्डेलाई मुस्किल हुनेछ ।
उहाँसँग देउवा समूहकै नेतासमेत रुष्ट छन् ।’ रानाभाटले भन्नू भयो । २०५१ सालमा नवलपरासी १ बाट सांसद जित्नु भएका जिसी २०६४ मा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य जितेर कांग्रेस संसदीय दलको सचिव बन्नु भएको थियो ।
जिसी काग्रेसका लोकप्रिय विकासप्रेमी र जनताका मन मा बस्न सक्ने दुरदर्शी नेता भएकोले पनि जीसीको गण्डकीको मुख्यमन्त्रीमा दाबी स्वाभाविक भएको रानाभाट बताउनु हुन्छ ।
प्रकाशित : २०७९ पुष २ गते २०:०४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI