गण्डकीमा ११ लाख बढिले पाए कोरोनाविरुद्धको खोपको पूरा मात्रा

NAWALPUR TIMES

गण्डकीमा ११ लाख बढिले पाए  कोरोनाविरुद्धको खोपको पूरा मात्रा
vaccine 1

कास्की – गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मका तथ्याङ्कअनुसार १४ लाख ७२ हजार ३८७ जनाले पहिलो मात्रा र सो सङ्ख्यामा पूरा डोज खोप लिएका छन्।

सरकारले कोरोनाविरुद्ध लड्नका लागि खोप प्रभावकारी हुने भएपछि प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ। कास्कीमा कोरोना खोपको पहिलो मात्राभन्दा पूरा डोज लिनेको सङ्ख्या बढी छ। ३ लाख ७४ हजार ५५४ जनाले पहिलो मात्रा र ३ लाख ८६ हजार ४१४ जनाले पूरा मात्रा खोप लगाएका छन्। तनहुँमा १ लाख ७ हजार ९४३, नवलपरासीमा १ लाख २ हजार ५८ र स्याङ्जामा १ लाख २४ हजार ५८६ जनाले पूरा मात्रा खोप लिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।

गण्डकीमा ११ लाख बढिले पाए कोरोनाविरुद्धको खोपको पूरा मात्रा 1
गण्डकीमा ११ लाख बढिले पाए कोरोनाविरुद्धको खोपको पूरा मात्रा 2

यसैगरी गोर्खामा ९८ हजार ९३१, म्याग्दीमा ५१ हजार ४७१, लमजुङमा ८७ हजार ८०२, पर्वतमा ६० हजार ७४६, बाग्लुङमा ७४ हजार ५८, मुस्ताङ १३ हजार ५८७ र मनाङमा ४ हजार ६१२ जनाले पूरा मात्रा खोप लिएको निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेशका कास्की र बागलुङबाहेकका नौ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि पुस गतेसम्म १४ गतेसम्म मोडेर्ना खोपको पहिलो मात्रा खोप अभियान सञ्चालन गरिएको छ। तोकिएका सामुदायिक र संस्थागत विद्यालयमा लगाउन सुरु गरिएको निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए। यस अभियानमा पहिलो मात्र लगाएकालाई आगामी माघ २ देखि १२ गतेसम्म दोस्रो मात्र दिने कार्यक्रम छ।

मोडेर्ना खोप अभियानमा लक्षित सङ्ख्या १ लाख ८५ हजार २९८ रहेकामा १ लाख ९४ हजार ४५० डोज खोप प्राप्त भएको निर्देशनालयले जनाएको छ। प्रदेशमा हालसम्म ३ लाख ५४ हजार ८४० जनाको कोरोना परीक्षण गरिएकामा ८८ हजार २८३ जनाको सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म ८६ हजार ७०९ जना निको भएका छन्। सङ्क्रमणबाट १ हजार ४२५ को निधन भएको जनाइएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology