गण्डकीमा पृथ्वीसुब्बाले दोहोर्‍याए ‘ओली शैली’ : दलीय पत्रसहित मुख्यमन्त्रीमा दाबी

NAWALPUR TIMES

गण्डकीमा पृथ्वीसुब्बाले दोहोर्‍याए ‘ओली शैली’ : दलीय पत्रसहित मुख्यमन्त्रीमा दाबी
Gandaki Province CM Prithivi Subba Gurung 1

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीको शैली दोहोर्‍याउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन्।

मुख्यमन्त्रीमा दाबी गर्नका लागि शनिबार अपराह्न ३ बजेसम्मको समयसीमा दिइएको थियो। सोही अवधिमा गुरुङले पनि प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेस गरेका हुन्।

विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ३१ सांसदसहित प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेश गरेका थिए। तर, उनलाई मुख्यमन्त्री नियुक्त नगरिँदै गुरुङले पनि दाबी गरेको सार्वजनिक भएको हो। गुरुङले पनि दाबी पेश गरेको एमाले सांसद् धनञ्जय दबाडीले बताए।

गुरुङले जनमोर्चा र राजमोको पार्टी कमिटीको हस्ताक्षरसहित दाबी गरेका हुन्।  उनले राजमोका पदमुक्त सांसद् कृष्ण थापा र जसपाको महन्थ ठाकुर पक्षको प्रदेश कमिटीको हस्ताक्षर बुझाएका हुन्।

गुरुङले २७ गते प्रदेश सभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ (५) अनुसार नयाँ पक्रिया अघि बढेको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology