गण्डकीमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन नवलपुरका थारु समुदायको माग

NAWALPUR TIMES

गण्डकीमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन नवलपुरका थारु समुदायको माग
tharu womes

चन्दा महतो/कावासोती । गण्डकी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजीको भाषा बनाउन नवलपुरका थारु समुदायले माग गरेका छ्न ।

गत भाद्र २१ गते भाषा आयोगले गण्डकीमा मगर, गुरुङ र भोजपुरी भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न सिफारिस गरेको प्रतिवेदनले थारु भाषालाई नसमेटेको भन्दै तत्काल प्रतिवेदन सच्चाएर थारु भाषालाई समेत गण्डकी प्रदेशमा कामकाजीको भाषा बनाउन नवलपुरका थारु समुदायले माग गरेका हुन ।

शुक्रबार थारु कल्याणकारी सभा पुर्वी नवलपरासीका सभापति रामप्रसाद महतो र सचीव चुरामणी थनेतले विज्ञप्ति जारी गर्दै भाषा आयोगको प्रतिवेदनले थारु समुदायको भावनामा ठेस पुर्‍याएको बताएका छ्न । भाषा आयोगले थारु समुदायको अस्तित्व मेटाउने गरि थारु भाषालाई सिफारिस नगरेको प्रती विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।

संविधान निर्माणको बेला थरुहट प्रदेशको माग लत्याएर राज्यले आफुहरुलाई अपहेलित गरेको र फेरि पनि भाषा आयोग थारुहरुको अस्तित्व मेटने तर्फ उदृत भएको भन्दै तत्काल भाषा आयोगको प्रतिवेदन सच्चाएर थारु भाषालाई गण्डकी प्रदेशको सरकारी कामकाजीको भाषा नबनाए थारु समुदायले ठूलो प्रतिबाद गर्ने थाकस द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology