गण्डकीमा चार मन्त्रीले लिए शपथ : मनाङ्गे आउट हुँदा जितप्रकाशको ईन्ट्री

NAWALPUR TIMES

गण्डकीमा चार मन्त्रीले लिए शपथ : मनाङ्गे आउट हुँदा जितप्रकाशको ईन्ट्री
Gandaki1683888045

पोखरा । गण्डकी प्रदेशमा थप चारजना मन्त्रीले शपथ लिएका छन् । आज कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आलेले शपथ लिएका छन् ।

गण्डकीमा मन्त्री बन्ने भनिएका नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) को ठाउँमा तनहुँका जीतप्रकाश आले मन्त्री बनेका हुन  । माओवादीबाट रेशम जुग्जालीले शपथ लिए ।

गत वैशाख १५ गते मुख्यमन्त्रीको शपथ लिएका सुरेन्द्रराज पाण्डेले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । पाण्डेसहित गण्डकीमा कांग्रेसबाट स्याङ्जाकी सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशिला सिंखडा मन्त्री बनेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology