गण्डकीको मुख्यमन्त्रीमा नवलपुरका नेपाली: यस्तो छ उनको बिगत

NAWALPUR TIMES

गण्डकीको मुख्यमन्त्रीमा नवलपुरका नेपाली:  यस्तो छ उनको बिगत
FB IMG 16234076858850105

नवलपुर । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका नेता कृष्ण चन्द्र नेपाली नियुक्त भएका छ्न ।

प्रदेश प्रमुख सीता पौडेललेले नेपालीलाई नेपालको संविधान को धारा १६८(५) अनुसार मुख्य मन्त्रीमा नियुक्त गरेको गण्डकी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछी प्रदेश प्रमुख पौडेलले नेपालको संविधान को धारा १६८(५) अनुसार नयाँ सरकार गठनको आह्वान गरे लगत्तै नेता नेपालीले आफुलाई मुख्य मन्त्री नियुक्त गरिपाउँ भन्दै ३१ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखलाई शुक्रबार निवेदन बुझाएका थिए ।

मुख्य मन्त्रीमा नियुक्त भएका नेपालीले अबको ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

 

को हुन गण्डकी प्रदेशका मुख्य मन्त्री नेपाली

 

२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेलले थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् ।

बि.स २०२२ बाट नेपाली राजनीतिमा होमिएका नेपाली उनका पिता प्रजातन्त्र सेनानी गोवर्द्धन शर्माको प्रेरणाबाट नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय भएका हुन ।
उनका पिता गोवर्द्धन शर्मा तनहुँको कांग्रेस राजनीतिमा सक्रिय थिए। शर्मा प्रजातन्त्रका सेनानी तथा कांग्रेसका केन्द्रीय सदस्य समेत भए। नेपाली शर्माका माहिला छोरा हुन्। पोखरेल परिवार तनहुँबाट बसाइँसराइ गरी पूर्वी नवलपरासीमा आएको थियो।

उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।

२०४८ सालदेखि निरन्तर १९ वर्ष नवलपरासी कांग्रेसको सभापति बनेका उनि नेपाली कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

प्रजातन्त्र बहालीका लागि उनले पटक-पटक जेल जीवन बिताए। काभ्रे र तनहुँमा पोखरेल शिक्षक भएर काम पनि गरेका थिए। विद्यालय तहमा उनले राजनीतिशास्त्र, भूगोल र इतिहास पढाए। शिक्षक भई राजनीतिमा सक्रिय भएको आरोपमा तत्कालीन शासकले उनको शिक्षक पेसा खोस्यो। २०२९ देखि २०३६ सम्म उनले अध्यापन गरेका थिए। उनी कानुनी सेवामा समेत आबद्ध भएका थिए।

निर्वाचन बहिष्कार गर्ने क्रममा २०३७ साल र पहिलो जनआन्दोलनमा २०४६ र दोस्रो जन आन्दोलन ०६२/६३ मा उनी जेल चलान गरिए।

२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले अपराजित भए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गर्दै नेपाली नवलपुर १ “क” बाट गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology