गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

NAWALPUR TIMES

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
Gandaki khagaraj 1673271910

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ।

केन्द्रको समिकरण अकास्मात फेरिएपछि गण्डकीको मुख्यमन्त्री बनेका अधिकारी समिकरण बदलिएसँगै अल्पमतमा परेका हुन्।

चैत १० गते माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकार समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका हुन्।
६० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन मुख्यमन्त्री अधिकारीलाई ३१ सांसदको समर्थन आवश्यक रहन्छ।

तर, एमालेका २२ र राप्रपाका दुई गरी २४ सांसदको मात्रै समर्थन रहेका कारण उनले विश्वासको मत पाउन सक्ने सम्भावना अत्यन्त न्यून छ।

 

गण्डकीमा कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका एक सांसद छन्।

मुख्यमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा अब गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology