गण्डकीका महिलाको स्तन र पाठेघर क्यान्सरको नि:शुल्क उपचार अब चितवनमा पनि

NAWALPUR TIMES

गण्डकीका महिलाको स्तन र पाठेघर क्यान्सरको नि:शुल्क उपचार अब चितवनमा पनि
received 4900279076687198

कावासोती । स्तन तथा पाठेघर क्यान्सरबाट पीडित गण्डकी प्रदेशका महिलाहरुको नि:शुल्क उपचार चितवनको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पनि हुने भएको छ ।

स्तन र पाठेघर क्यान्सर रोगीको उपचारमा प्रदेश सरकारले प्रदान गर्ने नि:शुल्क उपचारका लागी गरिएको व्यवस्था कार्यान्वयनमा ल्याउन अस्पतालका का निर्देशक डाक्टर देज कुमार गाैतम र प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तर्फबाट सचिब डाक्टर राम तिवारीले बुधबार सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौताअनुसार गण्डकी प्रदेशका स्त्री प्रजनन अङ्गसँग सम्बन्धित क्यान्सरको उपचारका लागि प्रदेश सरकारले रु ५० हजार बराबरको सहुलियत दिने छ । नेपाल सरकारले उपलब्ध गराउने रु एक लाख खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने कार्यकारी निर्देशक डा गौतमले जानकारी दिए ।  “गण्डकीका महिलाले प्रजनन् अङ्गसँग सम्बन्धित क्यान्सरको उपचार गर्दा नेपाल सरकारको रु एक लाखपछि प्रदेश सरकारको रु ५० हजार सहुलियत पाउने छन् ।”, गौतमले बताए ।

उनका अनुसार स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सरलगायतको उपचारमा यो सहुलियत लिन पाइने छ । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाले यो सुविधा लिन पाइने डा गौतमको भनाइ छ । सचिव डा तिवारीले प्रदेश सरकारको नीतिअनुरुप नै यो सम्झौता गरिएको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले मुख्यमन्त्रीको पदको शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै  महिलामा हुने पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायतका रोगहरुको निशुल्क उपचार गर्ने निर्णय गरेका थिए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology