गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार लगत्तै गरे ५ निर्णय (निर्णय सहित)

NAWALPUR TIMES

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार लगत्तै गरे ५ निर्णय (निर्णय सहित)
Gandaki khagaraj 1673271910

कावासोती । गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले पाँचबुँदे निर्णय गरेको छ ।

सोमबार गठन भएको सरकारका मुख्यमन्त्री खगराज अधिकारीसहित मन्त्रीहरु हरिबहादुर चुमान, सीता सुन्दास र पञ्चराम गुरुङ सम्मिलित बैठकले प्रदेशका ११ जिल्लामा नै मृगौलापीडितका लागि डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

“गण्डकी प्रदेशमा रहेका डायलासिस सेवा आवश्यक पर्ने मृगौला रोगका बिरामीहरुलाई ११ जिल्लामा मृगौला पीडितहरुलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने निर्णय भएको छ,” सोमबार नै मन्त्रिपरिषद्को प्रवक्ता तोकिएकी सीता सुन्दासले जानकारी दिइन् ।

यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णय:

*लोकतन्त्रको लागि भएका जनआन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति सम्मान तथा हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने ।

*प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण जनसमुदाय, राष्ट्रसेवक कर्मचारीहरु र सरोकारवाला सबैमा बधाई तथा धन्यवाद प्रदान गर्ने ।

*गण्डकी प्रदेशमा रहेका डायलासिस सेवा आवश्यक पर्ने मृगौला रोगका बिरामीहरुलाई ११ जिल्लामा मृगौला पीडितहरुलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने ।

*प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न सुशासन कायम गर्न र सेवाप्रवाह सहज बनाउनका लागि सुझाव पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने ।

*मन्त्रिपरिषद्को प्रवक्ता सीता सुन्दासलाई तोक्ने ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology