गढीमाईमा मंगलबार मात्रै पाँच हजारभन्दा बढी बलि

NAWALPUR TIMES

गढीमाईमा मंगलबार मात्रै पाँच हजारभन्दा बढी बलि
gadhimai sacrifice hRUpwh6H2n

गढीमाई मेलामा मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउन कार्य सुरु भएको छ । पुजारी परिवारबाट तान्त्रिक बिधि अनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो ।

गढीमाईको बलीका लागि बोका, राँगा, परेवा, जंङ्ली मुसो, खरायो गरी पञ्चबली दिएपछि राँगा बली दिने चलन रहेको छ । मंगलवार दिनभरी राँगाको बली दिने तथा बुधवार बोका, हाँस, कुखुरा, परेवा लगायतको बली दिने कार्य हु्ने गढीमाईका पुजारी मंगल चौधरीले बताए ।

नेपालमात्रै नभइ भारतबाट पनि बली चढाउन आउनेहरुको संख्या उल्लेख्य छ । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाईको मेलामा मनोकामना पूरा भएपछि भाकल दिन यसरी राँगा, बोका, परेवा, मुसो, खरायो, कुखुरा लगायतको असँख्यमा बली दिन आउने गरेका छन् भने गढीमाईको दर्शन तथा मेला भर्न लाखौं भक्तजन आउने गरेका छन् ।

गढीमाई विकास समितिद्वारा बनाइएको रंङ्गशालामा सोमवार राती १२ बजेसम्म ३ हजार ४ सय ४१ राँगा बुझाएको थियो भने रंङ्गशाला बाहेक खुल्ला खेतमा श्रद्धालुहरूले आफै बली दिएका छन् । यसरी समिति तथा बाहिरको गरी करिब पाँच हजारबढी राँगाको बली चढाइएको समितिको सदस्यले बताए । बली दिने कार्य अन्यलाई भने गलत लाग्ने गरेकाले बलीको सँख्या समितिबाट नै कम बताइने गरिन्छ ।

गढीमाई मेलामा हुने पशु बलीको बिषयलाई अन्य मुलुक तथा संघ संस्थाहरुले नकारात्मक प्रचारप्रसार गरेकाले उनीहरुलाई रोक्नुपर्छ भनी यसक्षेत्रमा बिरोध समेत भएको थियो ।

गढीमाई मेलामा मानव सागर देखियो
बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१ मा मेला भर्न सोमवार रातीदेखी मंगलबार विहानसम्म मानव सागर देखिएको छ । मेला भर्न नेपाल तथा छिमेकी मुलुक भारतको बिहार, उत्तरप्रदेश, कोलकत्ता, बुम्बईबाट अत्याधिक सँख्यामा मानव सागर देखिएको हो ।

सत्र लाख नगद बली वापत चिराकी संकलन
बली दिन आएकोहरुबाट प्रति राँगा पाँच सय चिराकी लिएकोमा करिब १७ लाख २० हजार ५ सय रुपियाँ संकलन भएको छ । राँगा काट्ने ब्यक्तिलाई ज्याला वापत रकम दिनलाई यसरी चिराकी लिने गरेको समितिले जनाएको छ । यसको रकम बढ्न सक्ने छ, यकिन विवरण मेला पछि पारदशिता गर्ने मेला समितिले जनाएको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology