गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक: ओली

NAWALPUR TIMES

गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक: ओली
Kp woli new

कावासोती । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक मात्रै भएको टिप्पणी गरेका छन्। आज विराटतनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताए। ‘गठबन्धनको सरकार अपराधि र तस्कारको संरक्षक मात्रै भएकाले यो सरकार रहिरहनु देशका लागि दुर्भाग्य हो’ ओलीले भने।  अध्यक्ष ओलीले यो सरकारको तत्कालै विकल्प खोजिहाल्नु पर्ने अवस्था भए पनि विकल्प नदेखिएको बताए। यो सरकारको विकल्पमा सोच्ने आँट कांग्रेसमा नभएका कारण तत्कालै नयाँ समिकरण बन्ने अवस्था नरहेको ओलीले बताए।

उनले भने,‘कांग्रेस यो सरकारको विरुद्धमा नयाँ समिकरण गर्न तत्काल आँट गर्दाजस्तो देखिंदैन।’ उनले केहि मिडियाहरूले जर्वजस्ती केपी ओलीले भनेको कार्यकर्ताले मान्दैनन् भन्ने स्थापित गर्न खोजिरहेको ओलीले आरोप लगाए। उनले कोशी प्रदेशमा आफूले कुनै निर्देशन नदिएको दाबी गर्दै  सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुने स्पष्ट पारे। उनले भने ‘मैले कसैलाई बनाउनु भनेर निर्देशन दिएको छैन’ केहि मिडियाहरूले जवर्जस्ती केपी ओलीले भनेको कार्यकर्ताले मान्दैनन् भन्ने स्थापित गर्न खोजिरहेका छन्।’ ओलीले देशैभरको प्रदेश अधिवेशनमा आफूले कुनै निर्देशन नदिएको र कार्यकर्ताले पनि आफ्नो कुनै निर्देशन नमानेको अवस्था नरहेको स्पष्ट पारे। ओलीले कोशी प्रदेशमा मध्यमधिमा जानु बुद्धिमानिपूर्ण नभए पनि मध्यावधितिरै धकेलिने अवस्था रहेको बताए। कोशीमा मध्यावधि भए  एमालेलाई बहुमत ल्याउने अवसर हुने ओलीको भनाई छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology