गठबन्धनका सांसद भन्छ्न : जालझेल चल्दैन , मुख्यमन्त्रीमा नेपालीको विकल्प छैन

NAWALPUR TIMES

गठबन्धनका सांसद भन्छ्न : जालझेल चल्दैन , मुख्यमन्त्रीमा नेपालीको विकल्प छैन
IMG 20210611 203319

नवलपुर । गण्डकी प्रदेशको नयाँ मुख्य मन्त्रीमा नेपाली काङ्ग्रेसका संसदिय दलका नेता कृष्ण चन्द्र नेपाली नियुक्त हुने निश्चित जस्तै भएको छ । शुक्रवार ५ बजे बहुमत प्रदेश सभा सदस्य सशरिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर हस्ताक्षर सहित दाबी प्रस्तुत गरेपछि नेपाली मुख्य मन्त्री बन्ने लगभग पक्कापकी भएको हो ।

नेपाली काङ्ग्रेसका १५,माओवादी केन्द्रका ११, जनमोर्चाका २,जसपाका २ र स्वतन्त्र १ गरेर ३१ जना प्रदेश सभा सदस्य शशरिर प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । प्रदेश प्रमुखलाई बहुमत सदस्यको हस्ताक्षर सहित दाबी पत्र प्रस्तुत गरेपछी प्रदेश प्रमुख सीता पौडेलले प्रमाण सहितको दाबी पत्र शनिबार अध्यन गर्ने बताएकि थिईन । शनिबार अध्यन गर्ने प्रदेश प्रमुखको भनाई प्रती मिश्रीत प्रतिक्रिया आईरहेका छन ।

नवलपुरबाट प्रतिनिधित्व गरेका कृष्ण चन्द्र नेपाली मुख्य मन्त्री बन्ने निस्चितप्राय भएपछी हामिले नवलपुरबाटै प्रतिनिधित्व गर्ने बिपक्षी गठबन्धनका अन्य दुई सांसदको प्रदेश प्रमुखको भनाई प्रतीको धारणा बुझेका थियौं । नवलपुर टाईम्स सङ्गको कुराकानीमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सभाकि सचेतक ओमकला गौतमको प्रतिक्रिया यस्तो थियो “हो संघको प्रवृत्तिले शंका गर्ने प्रशस्त सुबिधा दिएको छ, यहाँ (गण्डकी प्रदेश)मा पनि चलखेलका लागि समय छुट्याईएको जस्तो देखियो । तर अब त्यि र त्यस्ता जालझेल चल्दैन । ” गौतमले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने समय नजिक रहेका कारणले पनि गठबन्धनले प्रदेश प्रमुखलाई मुख्य मन्त्रीको सपथ गराउन ढिला नगर्न अनुरोध गरेको बताईन । गौतम भन्छिन” अब ढिला गर्नुपर्ने केही कारण छैन ” ।

नवलपुरबाटै प्रतिनिधित्व गरेका प्रदेश सभा सदस्य एबं नेपाली काङ्ग्रेस नवलपुरका सभापति बिष्णु प्रसाद लामिछानेको प्रतिक्रिया पनि गौतमको जस्तै छ । लामिछाने भन्छन ” बहुमत सदस्य सशरिर नै पुगेपछी आज नै टुङ्याउदा (सपथ) हुन्थ्यो । संसदमा रहेका बाकी दलले बहुमत पुर्याउलान कि भन्ने ठाउँ पनि छैन “प्रदेश प्रमुखले भोलि अध्यन गर्ने भनेता पनि लामिछाने निश्चिन्त र ढुक्क हुँदै भन्छन ” माननीय कृष्ण चन्द्र नेपालीनै मुख्य मन्त्रीमा नियुक्त हुनुहुनेछ ।”

नेपालीले संविधानको धारा १६८(५)लाई टेकेर मुख्यमन्त्रीमा दाबी गरेका हुन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology