खो खो विश्‍वकप : महिलातर्फ इरानलाई हराउँदै नेपाल सेमिफाइनलमा

NAWALPUR TIMES

खो खो विश्‍वकप : महिलातर्फ इरानलाई हराउँदै नेपाल सेमिफाइनलमा
khokho worldcup

कावासोती । भारतमा जारी खो खो विश्‍वकपअन्तर्गत महिलातर्फ नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्‍वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले अब फाइनल प्रवेशका लागि युगाण्डासँग खेल्ने छ । युगाण्डाले आजै भएको खेलमा न्युजिल्याण्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

नेपाल समूह सी को विजेताका रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो । नेपाल आफ्नो समूहमा अपराजित रहेको थियो ।

पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४  तथा तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले पराजित गरेको नेपालले चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले हराएर समूह विजेता बनेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology