खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपि

NAWALPUR TIMES

खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपि
1642559956222

नवलपुर– सरकारले सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। साथै मंगलबारदेखि सुरु भएको बुस्टर डोज खोप लगाउन पनि कार्ड अनिवार्य गरिएको छ।

केही व्यक्तिहरुले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ।

हराएको खोप कार्ड तीन तरिकाबाट लिनसकिने मन्त्रालयले जनाएको छ। पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयको भनाइ छ।

दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने जनाइएको छ।

त्यसैगरी, पहिलो मात्रामात्र खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि सकिने मन्त्रालयको सूचनामा उल्लेख छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology